टिकट नपाएपछि एमाले छाडेका घनश्याम भूसाललाई माओवादीको समर्थन, रुपन्देही १ बाट पूर्वसभामुख घर्तीलाई ल्यायो काठमाडौं २ मा

टिकट नपाएपछि एमाले छाडेका घनश्याम भूसाललाई माओवादीको समर्थन, रुपन्देही १ बाट पूर्वसभामुख घर्तीलाई ल्यायो काठमाडौं २ मा

  • आइतवार, अशोज २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौँ, २३ असोज। नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका घनश्याम भुसाललाई नेकमा माओवादी केन्द्रले समर्थन गरेको छ । रुपन्देही १ मा घनश्याम भूसालालाई छाडेर माओवादीले काठमाडौं २ मा पूर्वसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाउने भएको छ । यसअघि उक्त क्षेत्रमा २०६४ को चुनावमा माओवादीका झक्कुप्रसाद सुवेदीले जितेका थिए ।

रोल्पाकी घर्तीलाई माओवादीले काठमाडौंबाट उठाउने निर्णय गरेको हो । रुपन्देही १ मा घनश्याम भूसालालाई छोड्ने भएपछि घर्तीलाई काठमाडौंबाट उठाइने भएको हो । मा‌ओवादी अध्यक्ष दाहालले शनिबार भूसालालाई समर्थन गर्ने भएपछि पूर्व सभामुख घर्तीलाई काठमाडौं २ मा आउन आग्रह गरेका थिए । काठमाडौं(२ मा धेरै इच्छा नगरेपछि आइतबार बिहान पनि दाहालले घर्तीलाई आग्रह गरेपछि उनी काठमाडौंका लागि तयार भएकी हुन् । पार्टीको लुम्बिनि प्रदेश अध्यक्ष समेत भएर काम गरेकाले रुपन्देही १ घर्तीले सहज ठानेकी थिइन् । तर पार्टीले भनेपछि उनी काठमाडौं आउन तयार भएकी हुन् ।

भूसालले एमाले परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई आफ्नै पार्टीबाट उठ्नका लागि शनिबार प्रस्ताव गरेका थिए ।
नेता भूसालले आफू कुनै पनि पार्टीमा नजाने भनेपछि दाहालले उक्त क्षेत्रमा आफ्नो दलको कुनै उम्मेदवारी नरहने प्रतिबद्धता जनाएको नेता भूसालले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए । भूसाललाई गठबन्धनको तर्फबाट सघाउनका लागि दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले समेत आग्रह गरेका थिए । देउवा पनि यसमा सकारात्मक भएर समर्थन जनाएका छन् ।
नेता भूसालले आफू कुनै पनि पार्टीमा अब प्रवेश नगर्ने र वाम आन्दोलनलाई एकता गर्ने अभियानमा खटिने जानकारी दिए । उनले दक्षिय एसियाको राम्रो कम्युनिस्ट पार्टीको रुपमा रहेको एमालेलाई नेतृत्वले कब्जा गरेको बताए ।उनले आफ्नो कुनै पनि गतिविधि एमालेविरुद्ध लक्षित नहुने बरु सबै कम्युनिस्टलाई एकताबद्ध बनाउनेमा मात्र केन्द्रित हुने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ