युक्रेनले रुसी सैन्य सामग्री आपूर्ति गर्ने प्रमुख मार्गको पुलमा गर्यो बिस्फोट, ‘सुरुवात’ मात्रै होः मिखाइलो

युक्रेनले रुसी सैन्य सामग्री आपूर्ति गर्ने प्रमुख मार्गको पुलमा गर्यो बिस्फोट, ‘सुरुवात’ मात्रै होः मिखाइलो

  • आइतवार, अशोज २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी, २३ असोज । युक्रेनले क्रिमियालाई रुससँग जोड्ने पुलमा बिस्फोट गराएको छ ।

युक्रेनी सेनाले गरेको बिस्फोटका कारण उक्त पुलमा क्षति पुग्दा आवतजावत बन्द भएको थियो ।

सन् २०१४ मा युक्रेनबाट टुक्र्याएको उक्त क्षेत्रलाई जोड्ने पुल रुसका लागि रणनीतिक रुपमा महत्वपूर्ण मानिन्छ ।

बिस्फोट लगत्तै पुलमा रहेका तेलका ट्यांकरमा आगलागी भएको थियो । सो पुल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा निर्माण भएको र सो पुल युक्रेनमा रुसी सैन्य सामग्री आपूर्ति गर्नका लागि रुसको प्रमुख मार्गको रुपमा प्रयोग गर्दै आइएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले पुलमा भएको बिस्फोटलाई ‘सुरुवात’ मात्र भन्दै अवैध रूपमा निर्माण गरिएका सबै संरचना भत्काइने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ