काठमाडौ, २१ असोज ।
पुष्पकमल दाहाल प्रचण्डले चितवन–३ छाडे पछि सो स्थानमा डा. भोजराज अधिकारीलाई उठाउने भएको छ ।
सत्तारुढ गठबन्धनको भागवन्डामा चितवन–३ माओवादी केन्द्रको भागमा परेको छ । प्रचण्ड चितवनबाट उठ्ने चर्चा चलिरहेको भएपनि प्रचण्डले आफनो निर्वाचन क्षेत्र छाडेर गोरखा–२ रोजे पछि अधिकारीलाई सो स्थान दिन लागिएको हो ।
भरतपुर अस्पतालको अध्यक्षसमेत रहेका डा. अधिकारीलाई प्रचण्डले छाडेको चितवन–३ बाट उम्मेदवार बनाउनका लागि अध्यक्ष प्रचण्डले समेत निर्देशन दिए पछि अधिकारीले तयारी सुरु गरेका छन् ।
प्रचण्डले चितवन ३ मा जोखिम मोल्न नचाहेर गोरखा २ मा गएपछि माओवादीले अधिकारीलाई उम्मेदवार बनाएको हो । भरपुर अस्पतालका अध्यक्ष अधिकारीलाई राजीनामा गरेर उम्मेदवारी मनोनयनका लागि तयार रहन भनिएको छ । अधिकारीसँगै सोही क्षेत्रको प्रदेशसभा क्षेत्र नम्बर २ मा माडीका पूर्व मेयर ठाकुर ढकालले टिकट पाएका छन् ।