घनश्याम भुसालले छाडे एमाले, रुपन्देही १ बाट स्वतन्‍त्र उम्मेदवारी दिने तयारी

घनश्याम भुसालले छाडे एमाले, रुपन्देही १ बाट स्वतन्‍त्र उम्मेदवारी दिने तयारी

  • शनिबार, अशोज २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं, २२ असोज । नेकपा एमालेका नेता घनश्यमा भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावमा टिकेट नदिएपछि उनले पार्टी परित्याग गरेका हुन्। सामाजिक सञ्जालमार्फत शनिवार दिउँसो एक सन्देश दिँदै उनले पार्टी छाडेको घोषणा गरेका छन् ।

उनले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय गरेको घोषणा गरेका हुन् ।

‘नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद् सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ। तर म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु,’ उनले भनेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले केवल दम्भ र स्वेच्छाचारिताको आक्रमण बढ्दै गएको आरोप लगाउँदै भुसालले पार्टी परित्याग गरेका हुन् ।

एमाले परित्याग गरेका भूसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । उनी निकट स्रोतहरूका अनुसार भूसाललाई सो क्षेत्रमा सत्तारुढ पाँच दलीय गठबन्धनले सघाउने छ ।भूसालले आफ्नो गृह नगर मणिग्राम समेत पर्ने रुपन्देही १ बाट उम्मेदवारको दाबी गर्दै आएका थिए ।

भुसालले २०७४ सालको आम निर्वाचनमा पनि रुपन्देही-१ बाट टिकट मागेपनि पार्टी छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको थियो । यस पटक पनि एमालेले विश्वकर्मालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।

२०७४ सालमा भुसाललाई एमालेले रुपन्देही-३बाट उम्मेदवार बनाएको थियो । यसपटक भूसालको नाम रुपन्देही १ र रुपन्देही ३ बाट सिफारिस भएको थियो । जिल्ला कमिटी पनि रुपन्देही १ बाट नाम सिफारिस गरेपनि प्रदेश कमिटीले छाविलाल विश्वकर्माको नाम मात्रै सिफारिस गरेको थियो । भुसालको नाम रुपन्देही-३ बाट केन्द्रबाट सिफारिस भएर आएपनि उक्त क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने निर्णय गरेपछि दीपक बोहोरालाई छाडिदिएको छ ।

सत्तारुढ गठबन्धनमा रुपन्देही १ नेकपा माओवादी केन्द्रको भागमा परेको छ । स्रोतका अनुसार नेकपा माओवादी केन्द्र भूसाललाई सघाउनेका लागि सकारात्मक रहेको छ । शनिबार बेलुकीसम्ममा भूसालले उम्मेदवारीको औपचारिक घोषणा गर्ने तयारी रहेको उनी निकट स्रोतले जनाएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ