राष्ट्रपति भण्डारी अस्पताल भर्ना

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

  • शनिबार, अशोज २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 36.4K
    SHARES

काठमाडौं, २२ असोज । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । शुक्रबारदेखि नै रुघाखोकी र ज्वरो आएको हुनाले राष्ट्रपतिलाई शनिवार अस्पताल भर्ना गरिएको हो ।

शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार राष्ट्रपति भण्डारीलाई एनेक्स २ को बेड ६०१ मा भर्ना गरिएको छ।

उपचार संलग्न डा. निरज बमले राष्ट्रपति भण्डारीलाई डेंगुको लक्ष्ण देखिएको बताए। ‘तीन चार दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउने लक्ष्ण देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको हो,’ डा. बमले अन्नपूर्णसँग भने, ‘रगतलगायतका परीक्षण गरेका छौं। ल्याबाट रिपोर्ट आएपछिमात्रै के भएको थाहा हुन्छ।’

उनले आफूहरु रिपोर्ट कुरिरहेको बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ