भारतको महाराष्ट्रमा गुडिरहेको यात्रु बसमा आगो लाग्यो, ११ जनाको मृत्यु

भारतको महाराष्ट्रमा गुडिरहेको यात्रु बसमा आगो लाग्यो, ११ जनाको मृत्यु

  • शनिबार, अशोज २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौं, २२ असोज । भारतको महाराष्ट्र नासिकमा आज बिहान गुडिरहेको एक बसमा आगो लाग्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

बसमा सवार कैयौं मानिसको मृत्यु भएको आशंका गरिए पनि अहिलेसम्म ११ जनाको मृत्यु पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय प्रहरीले घटनाको पुष्टि गर्दै दुर्घटनामा कैयौं मानिसको मृत्यु भएको जनाएका छन् ।

यो दुर्घटना नासिक र औरंगाबाद सडक खण्ड अन्तर्गत नंदूरनाका क्षेत्रमा भएको हो । आगलागी भएको बस यवतमालदेखि मुम्बईतर्फ जाँदै गरेका बेला दुर्घटना भएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ