ओलीको आलोचना गर्दै आएका घनश्याम भुसालले पनि टिकट नपाउने निश्चित, रुपन्देही ३ राप्रपालाई दिने सहमति

ओलीको आलोचना गर्दै आएका घनश्याम भुसालले पनि टिकट नपाउने निश्चित, रुपन्देही ३ राप्रपालाई दिने सहमति

  • शुक्रबार, अशोज २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं, २१ असोज । नेकपा एमालेले पूर्वउपमहासचिव घनश्याम भुसाललाई पनि प्रतिनिधिसभाको टिकट नदिने निश्चित भएको छ । अध्यक्ष ‌केपी शर्मा ओलीको पार्टी सञ्चालन प्रक्रियाको कडा रुपमा आलोचना गर्दै आएका भुसालले अघिल्लो पटक जितेको रुपन्देही ३ एमालेले राप्रपालाई छाड्ने सहमति गरेको छ ।
शुक्रबार साँझ अध्यक्ष ओली निवास बालकोटमा दुवै पार्टीबीच भएको वार्तामा ३ वटा निर्वाचन क्षेत्रको टुंगो लागेको पार्टी निकट श्रोतले जनाएको छ । एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पनि टिकट दिएन ।

अहिलेसम्म झापा ३, रुपन्देही ३ र बाँके २ राप्रपाले लिने विषयमा टुंगो लागेको बताईएको छ । बाँकी प्रतिनिधिसभा तथा प्रदेशसभाको सीटको टुंगो शनिबार बस्ने बैठकले लगाउने बताईएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले शुक्रबार साँझ सीट बाँडफाँटको विषयमा एमाले अध्यक्ष ओलीसँग वार्ता गरेको थियो । राप्रपाले सो क्षेत्रबाट दीपक बोहोरालाई उम्मेदवार बनाउने छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भुसालले बोहोरालाई पराजित गरेका थिए ।

स्थायी कमिटी सदस्य भुसालसहितका तिलोत्तमाका पूर्वमेयर बासुदेव घिमिरे, दुर्गा भुसाल तथा सर्वजीत शाहको नाम सिफारिस गरेको थियो । भुसालले रुपन्देही १ बाट प्रतिनिधिसभा उम्मेदवार बन्न चाहेका थिए ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी र जिल्ला कमिटीले भुसालको नाम सिफारिस गरेपछि प्रदेश कमिटीले रुपन्देही १ बाट सचिव छविलाल विश्वकर्माको नाममात्रै सिफारिस गरेको थियो । रुपन्देही १ बाट विश्वकर्माले टिकट पाउने निश्चित छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ