निर्वाचन आचारसंहिता पालना गर्ने कञ्चनपुरका राजनीतिक दलको प्रतिबद्धता

निर्वाचन आचारसंहिता पालना गर्ने कञ्चनपुरका राजनीतिक दलको प्रतिबद्धता

  • शुक्रबार, अशोज २१, २०७९
  • डम्मर दत्त भट्ट

  • 2.6K
    SHARES

कञ्चनपुर, २१असोज । कञ्चनपुरमा राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता गरेका छन् । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा सहभागि हुने जिल्लाका राजनीतिक दलले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।

शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले महेन्द्रनगरमा आयोजना गरेर सर्वदलिय बैठकमा दलका प्रतिनिधीहरुले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धा जाहेर गरेका हुन । निर्वाचन आयोगले राजनीतिक र तिनका उम्मेदवार एव अन्य सबै स्वतन्त्र सहितका उम्मेबारको खर्च मितव्ययी बनाउनका लागि आचारसंहिता बनाएको छ ।

नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उम्मेदवारी दर्ताका लागि बढिमा २५जनासम्म आउने विषयमा निर्वाचन अधिकृतको कार्यालय भित्रमा प्रवेस सहजिकरण गराउनुपर्नेमा जोडदिए ।

नेकपा एमाले उपसचिव कर्ण बहादुर चन्दले आचारसंहिता पुर्ण पालना गर्ने प्रतिबद्धता जाहेर गर्दै आयोग चनाखो हुनुपर्नेमा जोडदिए । नेकपा माओवादी नेतृ माया नेगीले आचारसहिता पालना गर्ने प्रतिबद्धता जनाउँदै अपाङ्ग, अशक्तका लागि मतदानका लागि विशेष व्यवस्था गर्नुपर्ने बताए ।

नेकपा एकीकृत समाजवादीका सचिव हरक सिह धामीले पार्टीले पुर्ण आचारसंहिता पालना गर्ने बताउँदै मतदानका लागि मतदान केन्द्रमा बाहिर टेबुल राखेर चिट दिने काम बन्द गर्नुपर्नेमा जोदिए ।

राप्रपा भीमदत्त नगरका अध्यक्ष करन पालले मतदानका लागि दलका कार्यकर्ताले मतदाता प्रभावित पारेर ओसार्नुपर्ने काम बन्दमा जोडदिए । स्वतन्त्र उम्मेदवार दिवान आग्रीले पैशा वितरण गर्नेमाथि कार्बाहीको माग राखे ।

विपी काँग्रेस कञ्चनपुरका अध्यक्ष प्रकास बहादुर सिहले ठुला दलबाटै आचारसंहिता उलङघन हुने बताए ।

जनमोर्चा युवा नेता लाल ब. कुँवरले आफ्नो दलले पुर्ण आचारसहिता पालनामा जोडदिए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले सरोकारवाला पक्ष जिम्मेबार भएर निर्वाचन स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने आब्हान गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृत धुव्र कुमार शाहले सबैले आ–आफ्नो ठाँउबाट आचारसंहिता पालना गर्नुपर्नेमा जोडदिदै उलङघन गरेको प्रमाणित भए कार्बाही गरिने बताए । ‘यस पटक सम्बन्धीत क्षेत्रका कर्मचारीलाई फरक ठाँउमा जिम्मेबारी दिईन्छ, ‘मुख्य निर्वाचन अधिकृत शाहले भने, ‘स्थानीयलाई सोही स्थानमा खटाईदैन ।’ दल निकट कर्मचारी संगठनमा पदाधिकारी हुँदा विगतमा गुनासो आएकाले त्यस्ता कर्मचारीलाई खटाउने विषयमा सोच्नुपर्ने बताए ।

औपचारिक कार्यक्रममा प्रतिबद्धता गर्ने तर, व्यवहारमा कार्यान्वन नगर्ने दलहरुलाई आरोप लाग्दै आएकोछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ