काठमाडौं, २१ असोज । थाइल्याण्डको उत्तर–पूर्वी शहर नोङ बुआ लम्फुमा रहेको एक शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा ३४ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृतकमा बालबालिका र वयस्क दुवै छन् । बन्दुक चलाउने व्यक्ति हाल फरार रहेका छन् । आक्रमणकारीले गोली चलाउनुका साथै चक्कुसमेत प्रहार गरिएको जनाइएको छ । आक्रमणकारीले किन घटना घटाए भन्नेबारे केही थाहा हुन नसकेको बीबीसीले जनाएको छ ।
प्रहरीका अनुसार आक्रमणकारी सेतो रंगको टोयोटाको पिकअप गाडीमा भागेका छन् । मृतकमध्ये २३ जना बालबालिका रहेको त्यहाँका उच्च प्रहरी अधिकारीले दावी गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline