कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै, उम्मेदवार टुंगो लगाउने

कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै, उम्मेदवार टुंगो लगाउने

  • शुक्रबार, अशोज २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौं, २१ असोज । उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा मध्यान्ह १२ बजे बस्ने बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने छ ।
बिहिबार बोलाइएको समितिको बैठक सत्ता गठबन्धनमा रहेका दलहरुको बैठकका कारण बस्न सकेको थिएन । कार्यसम्पादन समितिमा रहेका नेताहरुको प्रदेश अनुसार फरक–फरक बैठक बसेर सोही बैठकबाट सिफारिस नाम अनुसार संसदीय समितिले नाम टुंगो लगाउने एक कांग्रेस नेताले बताए ।

कांग्रेसले उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता,लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाएको छ । कांग्रेसले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार नबनाउने मापदण्ड बनाएको छ ।

असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय भएकाले आज र भोलि उम्मेदवार छनोट गरिसक्ने कांग्रेसको तयारी छ । तर, सत्तागठबन्धनमा सिट बाँडफाँट नटुंगिएकाले कांग्रेस उम्मेदवार छनोटमा अलमलमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ