उत्तर कोरियाद्धारा थप दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्धारा थप दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

  • बिहिबार, अशोज २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

असोज २०, एजेन्सी । उत्तर कोरियाले आज बिहीबार थप दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । पछिल्ला २ हप्तामा उत्तरले प्रहार गरेको यो छैटौँ क्षेप्यास्त्र हो ।
दक्षिण कोरिया र जापानका अनुसार बिहीबार स्थानीय समयअनुसार बिहान ६ बजे प्रक्षेपण गरिएको पहिलो क्षेप्यास्त्र करिब १०० किलोमिटरउचाइमा करिब ३५० किलोमिटर (२१७ माइल) उडेको थियो भने दोस्रो क्षेप्यास्त्रले करिब ५० किलोमिटरको उचाईमा करिब ८०० किलोमिटरको उडान दूरी तय गरेको थियो ।
प्योङयाङले बुधबार आफ्ना परीक्षणहरूलाई अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य प्रशिक्षणको जवाफ भएको बताएको थियो ।
मंगलबार उत्तरले जापानमाथिबाट क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकाले संयुक्त राष्ट्रको सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाएको थियो । बैठकमा अमेरिकाले उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउनबाट चीन र रुसले बचाएको आरोप लगाएको थियो ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतले थप प्रतिबन्धको विरोध गरेर मस्को र बेइजिङले प्योङयाङलाई पूर्ण सुरक्षा दिएको बताएका छन् । चीन र रुसी प्रतिनिधिले द्धन्द बढाउनु भन्दा वार्ता नै उत्तम उपाय हुने बताएका छन् ।

विगत दुई महिनादेखि अमेरिका, दक्षिण कोरिया र जापानले उत्तर कोरियाली आक्रमणलाई परास्त गर्ने र त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने अभ्यासका लागि शृङ्खलाबद्ध संयुक्त अभ्यास गरिरहेका छन् । यी अभ्यासले उत्तर कोरियाली नेता किम जोङ–अनको विरोध गरेको छ, उत्तत्ररले यसलाई युद्धको तयारी गरिरहेको प्रमाणको रूपमा हेरेको छ ।

वक्तव्यमा उत्तर कोरियाले अमेरिकाले कोरियाली प्रायद्वीपमा सैन्य तनाव बढाएको आरोप लगाएको छ ।
बुधबार अमेरिका, जापान र दक्षिण कोरियाले थप अभ्यास गरेका थिए, जुन उनीहरूले मंगलबारको प्रक्षेपणको प्रतिक्रिया भएको बताएका थिए। अमेरिकाले प्रतिबन्धित क्षेप्यास्त्र परीक्षण र सुरक्षा अभ्यासबीच कुनै समानता नभएको बताएको छ ।

अमेरिकाले कोरियाली प्रायद्वीप नजिकै आफ्नो विमानवाहक पोत युएसएस रोनाल्ड रेगनलाई पनि पुनः तैनाथ गरेको छ ।

पछिल्लो पटक गरिएको प्रक्षेपणले सन् २०१७ मा यसको अन्तिम आणविक अस्त्र परीक्षणअघिको समयको स्मरण गराउँछ ।

त्यतिबेला अहिले जस्तै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्यो, अमेरिकासँग कुनै वार्ता भएन र प्योङयाङले जापानमाथि दुईवटा क्षेप्यास्त्र प्रहार गरेको थियो।

सन् २०१८ मा राष्ट्रपति ट्रम्पको नेतृत्वमा अमेरिकासँगको अल्पकालीन कूटनीतिक सम्बन्धका क्रममा ध्वस्त भएको दाबी गरिएको उत्तर कोरियाले आफ्नो आणविक परीक्षण स्थलमा सुरुङ पुनःनिर्माण गरिरहेको स्याटेलाइट तस्वीरले देखाएको छ ।

गत महिना उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशलाई ुअपरिवर्तनीयु आणविक शक्ति घोषणा गरेसँगै उत्तर कोरियाले पनि आफ्नो आणविक कानुनमा संशोधन गरेको थियो ।
विश्लेषकहरूका अनुसार किम आफ्नो सातौं आणविक परीक्षणका लागि राजनीतिक रूपमा उपयुक्त समयको पर्खाइमा देखिन्छन् । यो महिनाको अन्त्यमा चीनमा हुने कम्युनिस्ट पार्टीको कंग्रेस र नोभेम्बरको सुरुमा हुने अमेरिकी मध्यावधि चुनावबीच तीन हप्ताको समयावधिमा परीक्षण हुने सम्भावना रहेको उनीहरुको विश्लेषण छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ