सत्रकिलोमा पहिरो जाँदा नारायणगढ मुग्लिन सडक अवरूद्ध, दुईतर्फी रूपमै यातायात बन्द

सत्रकिलोमा पहिरो जाँदा नारायणगढ मुग्लिन सडक अवरूद्ध, दुईतर्फी रूपमै यातायात बन्द

  • बिहिबार, अशोज २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

चितवन, २० असोज । नारायणगढ मुग्लिन सडक अवरूद्ध भएको छ । नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका २९ सत्रकिलोमा पहिरो खसेपछि यातायात अवरूद्ध भएको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार आज बिहान ८ः२० बजे लेदोसहितको पहिरो आएर दुईतर्फी रूपमै यातायात बन्द भएको हो ।
डिभिजन सडक कार्यालयसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको उनले बताए । चितवनमा हिजो साँझदेखि नै लगातार वर्षा भइरहेको छ ।

नारायणगढ मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य सडक हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ