राष्ट्रपति भण्डारीले शीतल निवासमा सर्वसाधारणलाई लगाईदिईन् टीका (फोटो/भिडियोसहित)

राष्ट्रपति भण्डारीले शीतल निवासमा सर्वसाधारणलाई लगाईदिईन् टीका (फोटो/भिडियोसहित)

  • बुधबार, अशोज १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्वसाधारणलाई टीका लगाइदिएकी छिन् ।

राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन् । टीका लगाउनको लागि मानिसहरू राष्ट्रपतिको सरकारी निवास शीतल निवास पुगेका थिए ।

त्यसअघि राष्ट्रपति भण्डारीले शितल निवासमा साइतअनुसार ११ः५१ बजे गुरुहरु देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैंको टीका ग्रहण गरेकी थिइन् ।

आफूले टीका ग्रहण गरेपछि भण्डारीले गुरुहरू, छोरी, छोरीज्वाइँ, नातिनी, आफन्त र सुरक्षाकर्मीहरूलाई टीका र प्रसाद प्रदान गरेकी थिइन् ।

बुधवार बिहान मात्रै पनि राष्ट्रपति विद्यादेवी भण्डारीले दसैँको सन्देश जारी गर्दै विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली नागरिकहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेकी थिइन् । ​बडादसैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेकी थिइन् ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ