उत्तर कोरियाद्धारा जापानी आकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार, जापानले बोलायो राष्ट्रिय सुरक्षा परिषद्को बैठक

उत्तर कोरियाद्धारा जापानी आकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार, जापानले बोलायो राष्ट्रिय सुरक्षा परिषद्को बैठक

  • मङ्लबार, अशोज १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी, १८ असोज । उत्तर कोरियाले जापानी आकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । मंगलबार बिहान क्षेप्यास्त्र प्रहार गरिएको हो । क्षेप्यास्त्र प्रहारसँगै जापानी सरकारले होक्काइदो द्वीपका बासिन्दालाई घरबाहिर ननिस्कन निर्देशन दिएको छ ।

उक्त अवधिभर रेल सेवा अस्थायी रुपमा रोकिएको थियो । सन् २०१७ पछि उत्तर कोरियाले पहिलोपटक जापानी आकाशमाथि क्षेप्यास्त्र प्रहार गरेको हो । उत्तर कोरियाले मध्यम दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि ब्यालेस्टिक र परमाणु हतियारको परीक्षण गर्न प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले भने पटक पटक यस्ता क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।

जापान सरकारले मंगलबार बिहान जारी गरेको अलर्टमा भनिएको छ, ‘उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार देखिएको छ । घरभित्र वा अन्डरग्राउन्डबाट बाहिर ननिस्किनुहोला।’

यस्तो अलर्ट दुर्लभ रुपमा जारी गर्ने गरिएको छ। अधिकारीहरुले उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानभन्दा करिब ३ हजार किलोमिटर पर प्रशान्त महासागरमा खसेको जनाएका छन् ।
जापानी प्रधानमन्त्री फुमिओ किशिदाले उत्तर कोरियाली कार्यको कडा शब्द भर्त्सना गरेका छन् । उनले त्यस कार्यलाई ‘हिंस्रक’ कार्यको संज्ञा दिएका छन् । सो घटनापछि जापानले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ ।

उत्तर कोरियाले जापान र अमेरिकाको ध्यानाकर्षण गर्नका लागि क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । दुवै देशले उत्तर कोरियाका नेता किम जोङ उनलाई कुनै महत्त्व नदिएपछि जापानी आकाशमा क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने जापानी अधिकारीहरूले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ