कांग्रेसमा समानुपातिकको सूची सच्याउन सकस, अझै जुटेन सहमती

कांग्रेसमा समानुपातिकको सूची सच्याउन सकस, अझै जुटेन सहमती

  • आइतवार, अशोज १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसमा समानुपातिक तर्फका उम्मेदवारहरुको सूची मिलाउन दुई दिनदेखि बैठक तथा छलफल जारी छ । तर अझै सहमती जुट्न सकेको छैन । शुक्रबारदेखि नै नेताहरुबीच छलफल जारी रहे पनि सहमति जुटाउन सकस परेको छ ।

शनिबार बिहान पनि नौ बजेदेखि नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका थिए । तर रातभर छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेको एक नेताले जानकारी दिए ।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने आज अन्तिम दिन हो । त्यसैले कांग्रेस नेताहरु आज पनि छलफलमै छन् । निर्वाचन आयोगको तालिका अनुसार समानुपातिकको बन्दसूची संशोधन गर्ने मिति असोज १० गतेदेखि असोज १६ गते साँझ ५ बजेसम्म छ । उक्त सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा असोज १७ गतेको मिति तोकिएको छ ।

नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला पक्षले बन्दसूचीमा ४० प्रतिशत सहभागिता हुनुपर्ने माग गर्दै दबाव सिर्जना गरेपछि देउवा पक्ष अप्ठ्यारोमा परेको छ । यसअघि नेपाली कांग्रेसले बुझाएको १०९ जनाको बन्दसूचीमा कोइराला पक्षका १३ जनामात्र परेका थिए । ती १३ जनालाई कम प्राथमिकता दिएर पुछारतिर राखिएपछि कोइराला पक्ष रुष्ट छ ।

त्यसैले कोइराला पक्षले सूची सच्याउन दबाव दिंदै आएको छ । आफूहरुको सम्मानजनक सहभागिता नभए गठबन्धनको उम्मेदवारविरुद्ध उत्रिने चेतावनी कोइराला पक्षका नेताहरुले दिएका छन् । सोहि कारण निरन्तरको छलफलमा पनि सहमती जुट्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ