यो सरकार सीमा मिचिँदा पनि बेल्न सक्दैनन्, घुँडा टेकेर बस्छ, कायरता देखाउँछः ओली

यो सरकार सीमा मिचिँदा पनि बेल्न सक्दैनन्, घुँडा टेकेर बस्छ, कायरता देखाउँछः ओली

  • शनिबार, अशोज १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

राजविराज, १५ असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारकै कारण नागरिकता समस्या समाधान हुन नसकेको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल सप्तरीद्वारा शनिबार कंचनरुप नगरपालिका १२ मा आयोजित सभामा ओलीले यो सरकारले नागरिकता समस्या समाधान हुन नदिने समेत बताए ।
‘जन्मसिद्धका सन्तानले नागरिकता पाउनुपर्छ, म प्रधानमन्त्री हुँदा अध्यादेश ल्याएपछि जन्मसिद्धका सन्तानहरुले वंशजको आधारमा नागरिकता पाए तर अहिले गठबन्धनमा भएकाहरुले मुद्दा हाले, संविधानसम्मत ढंगबाट ल्याएको कानुन अदालतको दुरुपयोग गरेर रोक्न लगाए । ओलीले भने, ‘हामीले कानुनसम्मत ढंगबाट नागरिकताबारे अध्यादेश ल्याउँदा अहिलेका गठबन्धनले अदालतको गलत प्रयोग गरेर रोक्न लगाउने तर अहिले अनावश्यक विषय हालेर विधेयक ल्याउने ?’

५–६ लाखको संख्यामा जन्मसिद्धका सन्तानले नागरिकता नपाएको बताउँदै अध्यक्ष ओलीले अहिले अनावश्यक कुरा राखेर कसैसँग परामर्श नगरी नागरिकता जस्तो विषयको विधेयक हतार हतारमा ल्याएका बताए ।
उनले थपे, ‘कसैसँग परामर्श गरेनन्, राष्ट्रपतिसँग परामर्श गरेनन्, प्रमुख प्रतिपक्षी दलसँग परामर्श गरेनन्, हतार हतारमा छेउको बाटोबाट ल्याए यो गठबन्धन सरकारले विवादास्पद विधेयक ल्याएर देशमा हुडलो मच्चाउने र एमालेविरुद्ध कुप्रचार गर्ने काम गरे ।’

‘सरकारले ल्याएको नागरिकता विधेयकबारे मैले रोक्नुस् भनेँ,’ उनले भने,‘जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता पाउने छन् भनेर लेखेर ल्याउनुस् भनेर समय र संसद् छँदै भनेँ तर ल्याएनन् ।’

‘अहिले नेपाली नागरिकका छोराछोरीले नागरिकता पाउने गरौं, विदेशीको हकमा कति वर्ष नेपाल बसेपछि दिने त्यो पछि गरौंला भन्दा मानेनन्’ ओलीले भने,‘समय छँदै मैले भनेँ तर मानेनन् ।’

देशमा गठबन्धनको नाममा नक्कली सरकार रहेको उनले आरोप लगाए । ‘जनताले छानेको नभई परमादेशबाट बनेको नक्कली सरकार देशमा छ, यो सरकार अझै ढेड महिनाभन्दा बढी बेर्होनुपर्ने छ,’ उनले भने,‘विधेयक अध्यादेशको नाममा लाइन लगाएर ल्याउने तयारीमा सरकार छ ।’ उनले सरकार कमिसनको खेलमा लागेको आरोप लगाउँदै गठबन्धन सरकारले १४ महिनामा देशलाई गाह्रो हुने गरी अर्थतन्त्रलाई ओरालोतर्फ लगेको बताए ।

राजनीतिलाई विचार र कार्यक्रमको प्रतिस्पर्धाभन्दा गठबन्धनको नाममा अस्वस्थ प्रतिस्पर्धा र द्वेष फैलाउने काम भएको आरोलीको आरोप छ । ‘यो सरकार राष्ट्रहितमा एक शब्द पनि बोल्न सक्दैनन्,’ ओलीले भने,‘हामी कसैसँग अनावश्यक निहुँ खोज्दैनौं, हाम्रो सीमा मिचिँदा बोल्नुपर्छ । तर यो सरकार सीमा मिचिँदा पनि बेल्न सक्दैनन् । घुँडा टेकेर बस्छ, कायरता देखाउँछ ।’

गठबन्धनको नाममा लोकतन्त्रलाई क्षतविक्षत बनाउने कार्य भएको आरोप लगाउँदै उनले राज्यका विभिन्न अंगलाई अपमान, बदनाम गर्ने ढंगबाट प्रयोग गर्न खोज्ने अथवा महाभियोगको प्रस्ताव ल्याउने भनेर तर्साउने काम भएको बताए ।

साढे ५ वर्षपछि सप्तरी आएका ओलीले ३० मिनेटको मन्तव्यको अधिकांश समय सरकार र गठबन्धनको विरोधमा खर्चिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ