पाकिस्तानी सीमानजिकै झडपमा रिभोलुसनरी गार्डका कर्णेलसहित १९ जनाको मृत्यु

पाकिस्तानी सीमानजिकै झडपमा रिभोलुसनरी गार्डका कर्णेलसहित १९ जनाको मृत्यु

  • शनिबार, अशोज १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

तेहरान, १५ असोज । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचेस्तानमा भएको भीषण लडाइमा रिभोलुसनरी गार्डका कर्नेलसहित १९ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानसँगको सीमामा भएको हमलामा उनीहको मृत्यु भएको जनाइएको छ ।

यस महिनाको सुरुमा नैतिकता प्रहरी हिरासतमा कुर्दिश महिला महसा अमिनीको मृत्यु भएपछि इरानमा फैलिएको अशान्तिको लहरसँग उक्त झडप आबद्ध छ वा छैन भन्ने बारेमा केही खुलाइएको छैन् ।

‘आक्रमणमा १९ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्’ क्षेत्रीय गभर्नर होसेन खियाबानीले बताए । यसअघि शुक्रबार सरकारी सञ्चार माध्यमहरुले प्रान्तीय राजधानी जाहेदानको एक प्रहरी चौकीमा बन्दुकधारीले आक्रमण गर्दा सुरक्षा बलले जवाफी फायरिङ गरेको जनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ