युवालाई पूर्वराष्ट्रपति यादवको आग्रह- निमुखा जनताको पक्षमा राजनीति गर्नुहोस्

युवालाई पूर्वराष्ट्रपति यादवको आग्रह- निमुखा जनताको पक्षमा राजनीति गर्नुहोस्

  • शुक्रबार, अशोज १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौं, १४ असोज । पूर्वराष्ट्रपति डा. रामवरण यादवले निमुखा जनताको पक्षमा राजनीति गर्न युवा वर्गलाई आग्रह गरेका छन् ।

१५३औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा शुक्रबार काठमाडौंको काँडाघारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निमुखा जनताको पक्षमा राजनीति गर्नुपर्ने भन्दै युवा वर्गलाई आग्रह गरेका हुन् । अहिंसाको बाटोबाट निमुखा जनताको पक्षमा राजनीति गर्नुपर्ने उनको भनाइ छ ।

मानिसबाट भएको प्रकृतिको विनासबाट नेपाल मात्र नभएर विश्वमा बढेको जलवायु परिववर्तनले मानव सभ्यता संकटमा पर्ने जोखिम बढेको बताएका पूर्वराष्ट्रपति यादवले देश नै संकटमा पर्दा पनि अहिलेका नेतृत्वलाई मतलब नभएकाले अब युवा राजनीतिमा आउनुपर्ने बताएका हुन् ।

प्राकृतिक विनाश निम्त्याउँदा विश्वमा खाद्य, इन्धनजस्ता संकट बढेको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ