जापान, अमेरिका र दक्षिण कोरियाका नौसेनाले संयुक्त सैन्य अभ्यास गर्ने

जापान, अमेरिका र दक्षिण कोरियाका नौसेनाले संयुक्त सैन्य अभ्यास गर्ने

  • बिहिबार, अशोज १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

सिउल, १३ असोज । जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका नौसेनाले शुक्रबार संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।  जापानको समुद्री आत्मरक्षा बल (एमएसडीएफ)ले बिहीबार सो जानकारी दिएको हो ।
पनडुब्बीविरोधी गतिविधिलगायतका अन्य सैन्य अभ्यसा जापानको सागरमा हुनेछ, जसलाई दक्षिण कोरियाले पूर्वी सागर भन्छ ।

यसैबीच, अमेरिकी उपराष्ट्र कमला ह्यारिस दक्षिण कोरिया जाँदैछिन् । भ्रमणका क्रममा उनी दुई कोरियालाई छुट्टाउने गैरसैनिक क्षेत्रको अवलोकन गर्नेछिन् । सो अवसरमा उनले उत्तर कोरियाको आणविक परीक्षणको निन्दा गर्ने अनुमान गरिएको छ । पछिल्ला समयमा उत्तर कोरियाले शृंखलाबद्ध ढंगले हतियार परीक्षण गरेको छ जसको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ ।

उत्तरका आणविक परीक्षणलाई लिएर विभिन्न देशहरूले उमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ