असोज ११ काठमाण्डौँ । समानुपातिक सांसदको सूची हेरफेर गरेर आफ्ना समुहका मान्छे समेट्नु पर्ने भन्दै शेखर गुटले गरिरहेको विरोध र आन्दोलनलाई काँग्रेस संस्थापन पक्षले वेवास्ता गरेको छ ।
पटक पटकको चेतावनीका बीच आज पत्रकार सम्मेलन गर्दै काँग्रेस प्रवक्ता प्रकाश शरण महतले सर्वसम्मत रुपमा समानुपातिक सूची तयार भएकाले विवाद नभएको स्पष्ट पारे । यसले पनि सभापति देउवाले शेखर गुटको कुरालाई वास्ता गरेको देखिँदैन । बरु उल्टै प्रवक्ताले निर्वाचनको मुखमा सबै नेता कार्यकर्तालाई पार्टीको हितमा परिचालित हुन निर्देशन दिएका छन् ।
शेखर गुटको आन्दोलनले पार्टीलाई क्षति नगर्ने पनि उनले स्पष्ट पारे ।
शेखर गुटले समानुपातिकमा ४० प्रतिशत र टिकट पनि ४० प्रतिशत पाउनु पर्ने माग गर्दै आन्दोलन नै थालेको छ । बुधबार उनीहरुले पार्टी मुख्यालयमा धर्ना दिने कार्यक्रम समेत रहेको छ ।