शेखर समुह भित्र अचम्मको काईदाः माग राख्ने देउवासँग लड्ने प्रचण्डसँग ?

शेखर समुह भित्र अचम्मको काईदाः माग राख्ने देउवासँग लड्ने प्रचण्डसँग ?

  • मङ्लबार, अशोज ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

असोज ११ काठमाण्डौँ । काँग्रेस भित्र शेखर गुटले समानुपातिकमा आफ्ना मान्छेको नाम कम राखेको, भोली टिकट पनि कम दिन सक्ने भन्दै बिद्रोहको धम्की दिईरहेको छ । पार्टी सभापतिको चुनावमा समेत पाखा लागि सकेका शेखरले आफ्नो गुटलाई ४० प्रतिशत भाग खोज्दै पार्टी सभापति बिरुद्ध धर्ना, नाराजुलुश गराईरहेका छन् ।

कहिले खबरदारी सभा कहिले , भेला गर्दै आएका कोईराला गुट भित्रका नेताले अब भने माग पूरा नभए प्रचण्ड बिरुद्ध उम्मेद्धारी दिने चेतावनी दिएका छन् ।

गुरु घिमिरेले नै आफू प्रचण्ड बिरुद्ध चितवन ३ बाट चुनाव लड्ने सञ्चार माध्यममा दावी गरेका छन् ।

प्रचण्डलाई गठबन्धनले चितवन ३ बाट उम्मेद्धार बनाउदैछ । चितवनकै विद्रोही काँग्रेसले पनि उम्मेद्धारी दिने बताईरहेको छ ।

काँग्रेस भित्र आफ्नो गुटलाई समानुपातिक र प्रत्यक्ष दुबै तर्फ ४० प्रतिशत हिस्सा खोजिरहेको शेखर गुटले माग पूरा नभए काँग्रेसबाट राजीनामा दिएर ठाँउ ठाँउमा स्वतन्त्र उम्मेद्धारी दिन लगाउने तयारीमा जुटेको छ ।
त्यसो त शेखरले लामो समय एमाले अध्यक्ष केपी ओलीसँग समेत भेटवार्ता गरेका थिए । जसमा ओलीले अलग्गिएर आए सहयोग गर्ने आस्वासन समेत दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ