रुसले आणविक हतियार प्रयोग गरेमा निर्णायक जवाफ दिने अमेरीकाको चेतावनी

रुसले आणविक हतियार प्रयोग गरेमा निर्णायक जवाफ दिने अमेरीकाको चेतावनी

  • सोमवार, अशोज १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

न्युयोर्क, १० असोज । अमेरिकाले रुसले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा त्यसको उचित र निर्णाय जवाफ दिने मस्कोलाई चेतावनी दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मस्कोलाई ‘विपत्तिजनक नतिजाहरू’ सामना गर्ने चेतावनी दिएका छन् । ‘यदि रुसले यो रेखा पार गर्यो भने, रूसको लागि विनाशकारी परिणाम हुनेछ । संयुक्त राज्यले निर्णायक जवाफ दिनेछ,’ जेक सुलिभानले भने ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हमलाको चेतावनी दिइरहेका बेला अमेरिकी सुरक्षा सल्लाहकारको प्रतिकृया आएको हो । बुधबार एक सम्बोधनमा पुटिनले दोस्रो विश्वयुद्धपछि पहिलो पटक रुसमा आंशिक परिचालनको घोषणा गरेका थिए । जसअन्तर्गत ३ लाख रुसीलाई युद्धमा खटाइने छ । पुटिनको घोषणाको विरोधमा देशमा तीब्र विरोध प्रदर्शन भएको छ । प्रदर्शनकारीलाई सरकारले नियन्त्रणमा लिएको छ भने केहीलाई प्रहरी हिरासतबाटै जबरजस्ती भर्ती केन्द्रमा पठाइएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ