एजेन्सी असोज ९ । रुसले युक्रेनमा बिशेष सैन्य अभियान शुरु गरेपछि अमेरीकासँगै रुस बिरुद्ध प्रतिवन्धमा सामेल भएको युरोपमा आगामी जाडो मौसमले नयाँ संकट ल्याउने देखिएको छ ।
युरोपको प्राय सबै देशमा प्राकृतिक ग्यासको आपुर्तिको ठूलो हिस्सा रुसबाट आउने गर्दथ्यो । त्यस मध्य जर्मनीमा सिधै नर्ड स्ट्रीम १ र २ मार्फत ग्यास आउथ्यो ।
अहिले आगामी जाडो सिजन कठिन हुने देखिएपछि जर्मनी सहित युरोपेली देशहरुमा दाउराको जोहो गर्न थालिएको छ । यस उर्जा खपत घटाउन विभिन्न उपाय अपनाए पनि सहज हुन सकेको छैन । त्यही आफ्नै देशको जंगलको दाउराको मुल्य समेत महंगो भएको समाचारहरुमा जनाईएको छ ।
युरोपले रुसबाट आउने ग्यास रोकिएपछि अमेरीकाबाट उर्जाको आपुर्ति केही गरे पनि त्यो महंगो छ ।
रुसले आफू माथिको प्रतिवन्ध हटेमा मात्रै ग्यास आपुर्ति सहज गर्ने चेतावनी दिएको छ । अर्कोतिर रुसी ग्यासको मुल्यमा क्याप लगाउने ईयुको निर्णयको पनि रुसले विरोध गरेको छ । युरोपको साटो अहिले रुसले चीनमा ग्यास आपुर्ति वृद्धि गरेको छ ।