माओवादी धनकुटामा भाँडभैलोः टिकट नपाउने देखेपछि हेमराज भण्डारीले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेद्धारीको घोषणा

माओवादी धनकुटामा भाँडभैलोः टिकट नपाउने देखेपछि हेमराज भण्डारीले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेद्धारीको घोषणा

  • आइतवार, अशोज ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, ९ असोज । माओवादी केन्द्र धनकुटाको सिंगो जिल्ला समन्वय समितिले सामुहिक राजीनामा दिएको छ । केन्द्रमा आबद्ध सबै पोलिट ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जनवर्गीय कमिटीसहित समन्वय समितिमा रहेकाहरूले ८ असोजमा बैठक बसी पदिय जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश निर्वाचनमा गठबन्धनका बहानामा पार्टीका कटिबद्ध नेतालाई बहिस्कार गर्न खोजेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । धनकुटामा नेपाली कांग्रेसले सुनील थापालाई अघि सारेको छ ।

बैठकले आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने जनाधार भएका हेमराज भण्डारीलाई स्वतन्त्र उम्मेदवारको रुपमा समर्थन गर्ने पनि निर्णय गरेको छ । उनी माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य पनि थिए ।
भण्डारी ६४ सालमा निर्वाचित भएका थिए । त्यसपछि ७० सालमा पराजीत भएका थिए । ७४ मा एमालेसँग तालमेल हुँदा उनी उठ्न पाएका थिएनन् ।

यसपाली उठ्ने महत्वकांक्षा राखेर लविगं गरेका भण्डारीले आफ्नो महत्वकांक्षा पूरा नहुने देखेपछि आफ्नो टिम सहित राजीनामा दिएर स्वतन्त्र उम्मेद्धार बन्ने घोषणा गरेको अन्य कार्यकर्ताहरुले बताएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ