काठमाडौं असोज ८ । आगामी निर्वाचनमा टिकट वितरणमा एकलौटी गरेको भन्दै काँग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा विरुद्ध शेखर कोईराला समुहले खबरदारी सभा गर्दैछ ।
देउवालाई दबाव दिनका लागि आज शनिबार दिउँसो १ बजेका लागि खबरदारी भेला गर्ने निर्णय गरेको छ ।
सो समूहको अनौपचारिक बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ संस्थाका नेताहरु लगायत सहभागी थिए ।
टिकटमा सम्मानजनक हिस्सेदारीको माग गर्दै देउवामाथि थप दबाब बढाउन भेला गर्न लागिएको नेताहरुले बताएका छन् ।
भेलामा टिकटका लागि प्रत्यक्ष तथा समानुपातिकमा सिफारिस परेका र आकांक्षीहरुलाई पनि बोलाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline