अन्ततः रुस विरुद्ध लड्दा लड्दै युक्रेन टुक्रिने निश्चित, करीब २० प्रतिशत भुभाग रुससँग गाभिन जनमतसंग्रह शुरु

अन्ततः रुस विरुद्ध लड्दा लड्दै युक्रेन टुक्रिने निश्चित, करीब २० प्रतिशत भुभाग रुससँग गाभिन जनमतसंग्रह शुरु

  • शुक्रबार, अशोज ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

असोज ७ एजेन्सी । सात महिना लामो युद्धपछि युक्रेन बिखण्डनको चरणमा पुगेको छ । अमेरीका र युरोपेली देशको हतियार र पैसाको भरमा युक्रेनले संघर्ष गरिरहे पनि पूर्वी युक्रेनको डोनबास ईलाका रुसमा बिलय हुने प्रकृयामा जनमत संग्रह शुरु भएको छ ।

आजदेखि खेरसन, जेपोरेजिया, लुहान्सक र डोनेस्क ईलाकामा मतदान शुरु भएको हो ।
आगामी मंगलबार सम्म मतदानपछि बुधबार नै चुनावको नतिजा आउनेछ ।

रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले आशिंक रुपमा सेना परिचालनको घोषणा गरेको दुई दिन पछि त्याहाँ चुनाव हुन लागेको हो ।

डोनेस्क र लुहान्सकलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिएर गत फेब्रुअरीमा सैन्य अभियान थालेको थियो ।
यो ईलाकामा ९० प्रतिशत बढी नागरिक रुसी भाषाी रहेका कारण त्याँहाका विद्रोही सेना र रुसी सेनाले सो क्षेत्रबाट युक्रेनी सेनालाई पछि हटाएको थियो ।

यो जनमतसंग्रहलाई युक्रेन, अमेरीका र युरोपेली युनियनले लज्जास्पद भन्दै मान्यता नदिने भनेका छ ।

यो ईलाका रुसमा गाभिए युक्रेनको २० प्रतिशत भुभाग र ६० लाख बढी जनसंख्या रुसमा विलय हुनेछ ।
यस अघि पश्चिमा देशहरुले विद्रोह मार्फत रुस निकट सरकार बर्खास्त गरी पश्चिमा समर्थक सरकार बनाएपछि नै डोनबास ईलाकामा विद्रोह शुरु भएको थियो । सन् २०१४ मै रुसी भाषी बाहुल्य रहेको क्रिमिया जनमतसंग्रह मार्फत रुसमा बिलय भएको थियो ।

Map of Ukraine  - Sputnik International, 1920, 23.09.2022

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ