असोज ७ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही मानिसहरु प्रचण्ड सिद्धियोस भनेर रातदिन धुप हालेर बसेको टिप्पणी गरेका छन् ।
आज किशान महासंघ क्रान्तिकारीको बैठकलाई संवोधन गर्दै प्रचण्डले आफूलाई राजनीतिक अस्थीरताको कारकको रुपमा देखाउने, बदनाम गराउने षड्यन्त्र भईरहेको बताए ।
उनले जनयुद्ध, जनआन्दोलन शान्ति सम्झौता र संविधान निर्माणमा प्रचण्ड वा माओवादीले खेलेको नेतृत्वदायी भूमिकालाई अवमुल्यन गर्ने काम नगर्न पनि चेतावनी दिएका छन् ।
उनले आफू दिल्ली भ्रमणमा गएका बेला समेत विभिन्न मान्छेलाई भेटेको र सम्झौता गरेको जस्ता झुटो प्रचार गरिएको भन्दै आपत्ति जनाए ।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगरेर संविधान मिच्ने काम गरेको भन्दै यस्ता कदमले पछिल्लो उपलव्धि खोस्ने षड्यन्त्र हुने भएकाले सबै सचेत हुनु पर्ने प्रचण्डको भनाई छ ।
संविधानको रक्षक ले नै सविधान मिच्ने, कुल्चिने काम भएको भन्दै यसका बिरुद्ध परिवर्तनकारी सम्पूर्ण शक्ति एक हुनु पर्ने उनको भनाई छ ।