माओवादी पार्टी नै हैन , माथि छ तल छैन, केही समयपछि यो फेमिली क्लबमा परिणत हुन्छः ओली

माओवादी पार्टी नै हैन , माथि छ तल छैन, केही समयपछि यो फेमिली क्लबमा परिणत हुन्छः ओली

  • बिहिबार, अशोज ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

असोज ६ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा अनाडी मान्छे बसेर राष्ट्रपतिलाई मजाक गर्ने र अपमान गर्ने गरेको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिको सुझावलाई संसद बाहिर अनाडीहरु बसेर मजाक बनाउँदै कुसंस्कार भित्र्याएको बताए । जोडेको बहुमतको धाक लगाएको भन्दै यो अपराधी गठबन्धनलाई मंसीर ४ को चुनावले सजाय दिने ओलीको जिकिर छ ।

उनले गठबन्धनले सत्ता बाहेक अरु केही नसोचेको पनि बताए । ओलीले गठबन्धनको गन्तव्य नै नभएको भन्दै एमाले देशको, जनताको, संविधान र कानुनको भाषा बोल्ने र सुखी नेपाली सम्मृद्ध नेपाल गन्तव्य रहेको तर गठबन्धनले मसल, स्वार्थको भाषा बोल्ने आफ्नो स्वार्थको सुख बोल्ने गरेको बताए ।

ओलीले गठबन्धनका नेताहरु घुँडा टेक्ने बाहेक केही नगरेको बताए । भने, ‘गठबन्धनको गन्तव्य जसरी पनि घुँडा टेकेर भएपनि सत्ता प्राप्त गर्नु हो, यसो सुरुवाल तान्न लगाएर हेर्नुस् त कस्तो भएको छ घुँडा टेक्दा टेक्दा ? जोतेको गोरुको काँधजस्तो भएको छ ।’

‘माओवादी पार्टी भनेको पार्टी होइन केन्द्र भनेको छ उसले । माथि मात्रै छ । तल छैन ।’ ओलीले माओवादी केही समयमा ‘फेमेली क्लबमा परिणत हुने दावी गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ