युक्रेन युद्धको विरोधमा रुसमा ब्यापक प्रदर्शन, विभिन्न शहरबाट झण्डै एक हजार पक्राउ

युक्रेन युद्धको विरोधमा रुसमा ब्यापक प्रदर्शन, विभिन्न शहरबाट झण्डै एक हजार पक्राउ

  • बिहिबार, अशोज ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, ६ असोज । युक्रेन युद्धको विरोधमा रुसमा ब्यापक प्रदर्शन भएको छ । प्रदर्शनमा झण्डै एक हजार प्रदर्शनकारी पक्राउ परेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा थप तीन लाख सेना खटाउने घोषणा गरेलगत्तै रुसमा विरोध प्रदर्शन गरिएको थियो ।

सो क्रममा सुरक्षाकर्मीले एक हजारभन्दा बढीलाई नियन्त्रणमा लिएको रुसी मानवअधिकारवादी संस्था ओभिडी–इन्फोले जनाएको छ ।

राजधानी मस्को र सेन्ट पिटर्सवर्ग शहरमा सबैभन्दा बढी धरपकड गरिएको छ । युक्रेनमा सैनिक बढाउने पुटिनको निर्णयलाई रुसी जनताले स्वभाविक मानेका छैनन् ।

हालैका दिनहरूमा युक्रेनी सेनाले कतिपय ठाउँहरुबाट रुसी सेनालाई खेदेका छन् । यसैको बदला लिन रुसले सैनिक तैनाथी बढाउन लागेको धेरैको बुझाई छ ।

रुसी चासो रक्षा गर्न सम्भव भएसम्मका सबै उपाय अबलम्बन गर्ने पुटिनको घोषणाले युक्रेनमा आणविक हतियार प्रयोगको सम्भावना समेत बढ्दै गएको कतिपयको बुझाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ