पश्चिमाहरु रुसलाई छिन्न भिन्न बनाउन लागेका छन्, देशको सुरक्षाका लागि रुसले जस्तो सुकै विकल्प रोज्छ : पुटिन

पश्चिमाहरु रुसलाई छिन्न भिन्न बनाउन लागेका छन्, देशको सुरक्षाका लागि रुसले जस्तो सुकै विकल्प रोज्छ : पुटिन

  • बुधबार, अशोज ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

रूसमा आंशिक रूपमा सेना परिचालन गरिने भएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आंशिक रुपमा सेना परिचालन गर्ने घोषणा गर्नु भएको हो ।

युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालनको आवश्यकता महसुस गरिएको पुटिनको भनाइ छ ।

“मैले मातृभूमिको सुरक्षा, स्वाभिमान र क्षेत्रिय एकता बलियो बनाउन र यहाँ मानिसको सुरक्षालाई ध्यान दिदै आंशिक रुपमा सेना परिचालन गर्ने प्रस्तावलाई सदर रहेको हुँ,” उहाँले भन्नु भएको छ ।

उहाँका अनुसार देशमा आंशिक रुपमा सेना परिचालनको प्रस्ताव रक्षा मन्त्रालय र प्रधान सेनापतिले पठाएका थिए ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले देशभरी आंशिक रुपमा सेना परिचालन गर्ने निर्णय आजैदेखि लागू हुने पनि जानकारी दिनुभयो ।

उहाँले दोहो¥याउदै भन्नुभयो, “म फेरि पनि भन्छु, अहिले आंशिक रुपमा मात्रै सेना परिचालन गरिएको हो ।”

उहाँले शान्तिपूर्ण निकासका लागि किभ तयार नभएको बताउदै त्यही नै मुख्य समस्या भएको टिप्पणी गर्नु भयो ।

सम्बोधनको सुरुमा उहाँले रुसलाई ध्वस्त पार्न पश्चिमी देशहरु सक्रिय भएर लागिरहेको आरोप पनि लगाउनु भयो ।

“उनीहरुलाई हामीलाई पहिला टुक्र्याउन चाहन्छन, त्यसपछि ध्वस्त पार्न चाहन्छन”, पुटिनले सम्बोधनका क्रममा भन्नुभयो ।

पश्चिमी देशहरूले यसअघि सन् १९९१ मा तत्कालीन सोभियत संघ रहेको बेलामा पनि सो कुरा सिधै भन्ने गरेको पनि उहाँले स्मरण गर्नुभयो ।

रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म पनि युद्ध जारी नै रहेको छ । रुसले युक्रेनमा आक्रमण गरेकोप्रति पश्चिमी देशहरुले चर्को विरोध गर्दै आएका छन् । उनीहरुले रुसलाई एक्ल्याउन आह्वान गर्दै युक्रेनलाई सहयोग पनि गर्दै आएका छन् ।
(((

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ