असोज ३ काठमाण्डौँ । समानुपातिक सूची आयोगमा बुझाएपछि अब गठबन्धन दलहरु प्रत्यक्ष तर्फ सिट बाँडफाँट टुंग्याउन दलहरु केन्द्रीत भएका छन् । सकभर आजै टुंगो लगाउने गरी छलफल हुने र आज समय अभाव भए भोली सम्म टुंगो लगाउने माओवादीका एक नेताले जानकारी दिए ।
आज बिहान सबै शीर्ष नेताको समय मिले आजै बस्ने र नभए भोली सम्म सिट बाँडफाँटको टुंगो लागि सक्ने ती नेताको दावी छ । जम्मा १६५ निर्वाचन क्षेत्र मध्य काँग्रेसले मात्रै ८० सिट बढीमा दावी गरीरहेको छ भने माओवादीले ६० सिटमा दावी गरिरहेको छ । दलहरुले बढी बढी सिट माग्दा भदौ पहिलो साता टुंगो लगाउने भनिएको सिट बाँडफाँट अझै हुन सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline