क्रान्तिको नेतृत्व गरेँ, अब समृद्धिको नेतृत्व गर्ने ईच्छा छ : प्रचण्ड

क्रान्तिको नेतृत्व गरेँ, अब समृद्धिको नेतृत्व गर्ने ईच्छा छ : प्रचण्ड

  • सोमवार, अशोज ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

असोज ३ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूले क्रान्ति र शान्तिको नेतृत्व गरिसकेको भन्दै अब समृद्धिको नेतृत्व गर्ने ईच्छा रहेको बताएका छन् ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाको उद्घाटन गर्दै प्रचण्डले अब मुलुकमा आर्थिक क्रान्ति र समृद्धिको काम अघि बढ्ने बताए ।

जनयुद्धले सामन्तवादको अन्त्य गरेको भन्दै प्रचण्डले अब समाजवाद मार्फत आर्थिक समृद्धि हासिल हुने भएकाले सबैले त्यो दिशामा लाग्नु पर्ने बताए ।

प्रचण्डले स्थानीय तहलाई अझै अधिकार सम्पन्न बनाउन केही ऐन कानुनहरु बन्न बाँकी रहेको पनि बताए ।

कार्यक्रममा एकै साथ ५० शय्याको दूधकोशी सामुदायिक अस्पताल, बहुप्राविधिक शिक्षालय र गाउँपालिकाको भवनको पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गरेका छन् । दूधकोशी सामुदायिक अस्पताल १५ करोड, बहुप्राविधिक शिक्षालय ५ करोड र गाउँपालिकाको प्रशासनिक भवन पौने ७ करोडको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ