असोज ३ काठमाण्डौँ । माओवादीकै चुनाव चिन्ह लिएर निर्वाचन लड्न सहमत भएका डा. बाबुराम भट्टराईप्रति प्रचण्ड थप उद्धार देखिएका छन् । समानुपातिक तर्फ पनि प्रचण्डले बाबुरामको पार्टीका पाँच जना नेताको नाम समानुपातिक तर्फ सिफारीस गरिदिएका छन् ।
यो सूची
महासचिव देवप्रसाद गुरूङ र उपमहासचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल समानुपातिक उम्मेदवारको बन्दसूची लिएर आज आयोग पुगेका थिए।
वर्षमान पुनका अनुसार बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका पाँच जनालाई प्रतिनिधि सभातर्फ उम्मेदवार बनाइएको छ। प्रदेश सभातर्फ पनि समाजवादी पार्टीका नेताहरू उम्मेदवारमा परेका छन्।
बाबुराम नेतृत्वको समाजवादीले माओवादीको चुनाव चिन्ह लिने सहमति भएअनुसार समाजवादीका नेताहरूलाई माओवादीले समानुपातिक उम्मेदवारमा समावेश गरेको हो।
माओवादीले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जनाको नाम समावेश गरेर बन्दसूची पेश गरेको छ।