खेरसनमा रुसी कार्बाहीमा एकै दिनमा १२० युक्रेनी सेनाको मृत्यु, अमेरीकी रकेट, ड्रोन र टैंक ध्वस्त

खेरसनमा रुसी कार्बाहीमा एकै दिनमा १२० युक्रेनी सेनाको मृत्यु, अमेरीकी रकेट, ड्रोन र टैंक ध्वस्त

  • शनिबार, अशोज १, २०७९
  • मिर्मिरे अनलाइन

  • 25.1K
    SHARES

असोज १ एजेन्सी । रुसले कब्जा गरेको कारकिभवमा पुनः कब्जा गर्न सफल भएको युक्रेनी सेनाले खेरसनमा पनि प्रत्याक्रमण गरेको छ । यस आक्रमणलाई असफल पारेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा रुसी सेना र डानेस्क मिलिसियाले सँयुक्त रुपमा गरेको कार्बाहीमा १२० युक्रेनी सेनाको मृत्यु भएको रुसी समाचार एजेन्सी तासले उल्लेख गरेको छ ।

एकै दिन ८ वटा ड्रोन खसालिएको, सात वटा ब्याटल टैंक नष्ट पारेको, १३ वटा सैन्य वाहन ध्वस्त पारेको र २४ वटा अमेरीकी रकेट ह्यामर्सलाई एयर डिफेन्स सिस्टमबाट ईन्टरसेप्ट गरिएको पनि समाचारमा उल्लेख छ ।

अत्याधुनिक अमेरीकी हतियार र डिजाईनमा युक्रेनले प्रत्याक्रमण जारी राखेको छ । खारकिभको ईजुम शहर पुनः कब्जा गरेपछि यसलाई रुसी सेनाको सेट ब्याकको रुपमा पश्चिमा मिडियाहरुले उल्लेख गरेका छन् ।
तर एससिओ समिटमा रुसी राष्ट्रपति पुटिनले अहिले तत्कालै युक्रेन युद्ध अन्त्यको हतारो नरहेको र थप गतिविधि हेरेर गंभीर कार्बाही गर्न सक्ने चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ