मैले प्रचण्डलाई अँगालो हाँले, तर उनले छुरी घोपेर मलाई भष्म पार्न खोजे : ओली

मैले प्रचण्डलाई अँगालो हाँले, तर उनले छुरी घोपेर मलाई भष्म पार्न खोजे : ओली

  • बिहिबार, भदौ ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

भदौ ३० काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रचण्डलाई अंगालो हाले पनि उनले आफूलाई छुरी घोपेर भष्म पार्न खोजेको टिप्पणी गरेका छन् ।

आज पार्टी कार्यलयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले पार्टी एकता गरौँ, वामपन्थी आन्दोलन बलियो बनाआँै, समाजवादतिर अघि बढौँ भनेर नजिकै राखेर अध्यक्ष बनाएको तर प्रचण्डले लुकिछिपि आफू बिरुद्ध षड्यन्त्र गरेर छुरी धसेको बताए ।

प्रचण्ड जहिले पनि धोका दिने खालको भएको भन्दै उनले त्यसबाट कहिले सफल नहुने बताए ।

उनले आगामी निर्वाचनमा एमाले एक्लैले ५० लाख मत ल्याउने भन्दै त्यसै अनुसार लागि पर्न कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।

आफैले अध्यक्ष बनाईदिएको प्रचण्डले आफूलाई पार्टी सदस्य समेत नरहने गरी कार्बाही गरेको भन्दै माओवादी एमालेसँग मिलेको र अहिले प्रचण्ड गुट मात्र बाँकी रहेको दावी पनि ओलीको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ