भदौ ३० एजेन्सी । रुस बिरुद्ध लड्न अर्बौ डलरको हतियार र आर्थिक सहयोग दिँदै आएको अमेरीकाले युक्रेनलाई थप अत्याधुनिक मिसाईल सहितको सैन्य सामाग्री दिने भएको छ ।
पछिल्लो केही दिन यता अमेरीका र नेटोको हतियार र पैसाको बलमा युक्रेनले रुस बिरुद्ध प्रत्याक्रमण गर्दै केही शहर पुनः कब्जा गरेपछि उत्साहित बनेको अमेरीकाले थप अत्याधुनिक क्षेप्यास्त्र दिने तयारी गरेको हो ।
तीन सय किलो मिटर सम्म मार हान्न सक्ने क्षेप्यास्त्र प्रदान गर्ने निर्णय केही दिन भित्र हुने अमेरीकी स्टेट डिपार्ट स्रोतले जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
युक्रेन युद्द मार्फत रुसलाई कमजोर पारेर अमेरीका ताईवान मामलामा चीनलाई उकासेर उसलाई पनि कमजोर पार्ने रणनीतिमा छ । अमेरीकाले पछिल्लो समय लगातार ताईवानमा राजनीतिक भ्रमण तीव्र पारेको छ भने हतियार धमाधम बेचिरहेको छ ।