रुस र चीनका राष्ट्रपतिले युक्रेन र ताइवान मुद्दामा छलफल गर्ने, मोदीले पनि पुटिनसँग वार्ता गर्ने

रुस र चीनका राष्ट्रपतिले युक्रेन र ताइवान मुद्दामा छलफल गर्ने, मोदीले पनि पुटिनसँग वार्ता गर्ने

  • बुधबार, भदौ २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

मस्को, २९ भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङले बिहीबार उज्वेकिस्तानमा हुने बैठकमा युक्रेन र ताइवानबारे छलफल गर्नेछन्, जसलाई क्रेमलिनले भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै ‘विशेष महत्व’ हुने बताएको छ ।

सीले यस हप्ता मध्य एसियाको यात्राको लागि दुई वर्षमा पहिलो पटक चीन छोड्नेछन्, जहाँ उनले पुटिनलाई भेट्नेछन् । माओ त्सेडोङ पछि सबैभन्दा शक्तिशाली चिनियाँ नेताको रूपमा आफूलाई सुनिश्चित गर्नु एक महिनाअघि उनले मध्यएसियाको भ्रमण गर्न लागेका हुन् ।

‘राष्ट्रपतिहरूले द्विपक्षीय एजेन्डा र मुख्य क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा छलफल गर्नेछन्’ क्रेमलिनका सहयोगी युरी उसाकोभले मस्कोमा एक छलफलमा भने ।
‘स्वाभाविक रूपमा, उनीहरूले द्विपक्षीय रणनीतिक साझेदारीमा अभूतपूर्व उच्च स्तरको विश्वासको सकारात्मक मूल्याङ्कन गर्नेछन्’ उनले थपे ।

यसैगरी , रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । सांघाई सहयोग संगठन ९एससीओ० को साइडलाइन वैठकमा दुई नेताबीच वार्ता हुन लागेको क्रेमलिनले जनाएको छ । वार्तामा मुख्यतया दुई देशबीचको व्यापार र ऊर्जा सम्बन्धमा केन्द्रित रहने विज्ञप्तिमा उल्लेख छ ।

भारत, काजाकिस्तान, चीन, किर्गिजस्तान, रुस, ताजिकिस्तान, पाकिस्तान र उजबेकिस्तान – आठ पूर्ण सदस्यसहित एससीओ हाल विश्वको सबैभन्दा ठूलो क्षेत्रीय समूह हो ।

यस वर्षको एससीओ शिखर सम्मेलन सेप्टेम्बर १५–१६ मा उज्वेकिस्तानको समरकन्दमा हुने तय भएको छ । दुई नेताबीच रुसी मल, द्विपक्षीय खाद्य आपूर्ति, भारतीय बजारलगायतका विषयमा छलफल हुने भएको छ । रुस र भारतबीचको व्यापार कारोबार सन् २०२२ को पहिलो ६ महिनामा ११ दशमलब ५ अर्ब डलर पुगेको छ, जुन वार्षिक रूपमा लगभग १२० प्रतिशतले बढी हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ