भदौ २७ काठमाण्डौँ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले आज सोमबारदेखि नेपालको औपचारिक भ्रमण गर्ने गर्दैछन् ।
अध्यक्ष झान्शुले यही सेप्टेम्बर १२ देखि १५ तारिख सम्म नेपाल औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी चीनको बिशेष विमानबाट अपरान्ह काठमाण्डौँ ओर्लनेछन् ।
सभामुख सापकोटा र अध्यक्ष लीले आज प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । आजै सभामुख अग्नी सापकोटाले लिको सम्मानमा बिशेष रात्रीभोजको आयोजना गर्नेछन् ।
नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेम्टेम्बर १४ मा र प्रधानमन्त्री शेरबहादुर देउवासँग सेम्टेम्बर १३ मा शिष्टाचार भेटवार्ता गर्नेछन् । यसैगरी सोही दिनउनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेपछि परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता हुनेछ ।
त्यस्तै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उनले भेट गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष झान्शु यही भदौ ३० गते बिहिबार बिहान विशेष विमानबाटै चीन फर्कनेछन् ।