भदौ २६ काठमाण्डौँ । महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको भ्रष्टाचारको आशंका गरिएको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको सहयोग रहेको खुलासा गरेका छन् । अर्बौको ठेक्का विना टेन्डर दिईएको थियो ।
विश्वकर्माका अनुसार सर्वोच्चको भवन ठेक्का सदरबारे प्रश्न सोधिएको थियो । बयानका क्रममा जबराले त्यसलाई स्वीकार गर्दै ओलीको नाम लिएका हुन् । त्यो बेला ओली प्रधानमन्त्री र पौडेल अर्थमन्त्री रहेका थिए ।
रजिष्टारले गर्ने भए पनि कार्यालय प्रमुख भनिएकाले आफूले सो काम गरेको भन्दै राणाले बयानका क्रममा राणाले भवन निर्माणमा भएको भ्रष्टाचार बारेको प्रश्नमा आफुले हस्ताक्षर गरेको कपी नै देखाएका थिए ।
यस्तै केही राजनीतिक दलले न्यायपालिकालाई नै ध्वंश गर्न खोजेको उनको दावी छ । संवैधानिक इजलासलाई अनिश्चितकालसम्म रोक्न भूमिका खेलेको आरोपमा बयान दिँदै राणाले नेपाली शब्दकोशमा भएको सबभन्दा घृणित र उच्चारण नै गर्न नहुने आरोप लगाइएको बताए । विधि र प्रक्रियाअनुसार नियुक्त भएका आफूलाई यस्तो आरोप लगाउनु सम्पूर्ण न्याय प्रणालीलाई असफल बनाउनु भएको उनको टिप्पणी थियो ।
निलम्बित प्रधानन्यायाधीश राणासँग महाभियोग सिफारिस समितिले आज ४३ मध्ये ३५ वटा प्रश्न सोधेको छ । समितिका सदस्य विश्वकर्माका अनुसार आज १२ देखि ३५ नम्बर प्रश्नको जवाफ राणाले दिए । समितिको अर्को बैठक भदौ २८ गते ११ बजे बस्नेछ ।