भदौ २५ काठमाडौँ । बेलायती महारानी एलिजावेभको निधनप्रति दुस्ख व्यक्त गर्दै नेपाल सरकारले भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरू साथै विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेको यस्तो निर्णय गरेको हो ।
बेलायती महारानी २०१७ सालमा नेपाल भ्रमणमा समेत आएकी थिईन् ।
ुसंयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ दृतियको ९६ वर्षको उमेरमा २०७९ भदौ २३ गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै स्वर्गीय महारानीको दिगंवत आत्माको चिरशान्तिको कामना गर्दछ । यस दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ, सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
महारानीको निधनको शोकमा भारतले पनि एक दिने राष्ट्रिय शोक मनाउदैछ ।
यसै गरी संसारभरका नेताहरुले महारानीको निधनमा दुखः व्यक्त गरेका छन् ।