भदौ २४ पोखरा । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दलहरुबीच सिट बाँडफाँटको टुंगो आजै लाग्ने संभावना रहेको बताएका छन् ।
आज पोखरामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले हिजै टुगिंने स्थिति बने पनि नेताहरुको कार्यव्यवस्तताले नभ्याएको र आज लगभग सहमति हुने दावी गरे ।
यसै गरी उनले नागरिकता विधेयक राष्ट्रपतिले अनुमोदन गर्ने र त्यसो नभए यो विषय अदालतमा जाने पनि बताए ।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित गर्ने वा राजीनामा दिने बाहेक अर्को संविधानले कुनै ठाँउ नदिएको प्रचण्डको दावी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline