भदौ २२ एजेन्सी । अमेरीकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेका राष्ट्रपति जो बाईडेनले अमेरीकालाई महापतन र असफलता तिर लगेको र भीख माग्ने बनाएको भन्दै कडा प्रहार गरेका छन् ।
ट्रम्पले एक भिडियो सन्देश जारी गर्दै एक देशको रुपमा अमेरीका असफलता र महापतनतिर जाँदैछ, महंगी ४० वर्ष यताकै उच्च भएको छ , उर्जामा आत्मनिर्भर अमेरीका नरहेको र साउदी अरब र भेनेजुएलासँग भीख माग्ने भएको बताए ।
ट्रम्पले अफ्गानिस्तानमा अमेरीकाले आत्मसमर्पण गरेको र ८५ अर्ब डलरको अत्याधुनिक हातहतियार छाडेर भागेको, अर्थव्यवस्था गंभीर संकटमा परेको, स्वतन्त्र प्रेस नरहेको, अमेरीकामा सबै भन्दा धेरै अपराध बढेको, ईरानलाई परमाणु बम बनाउन दिएको, देशको शिक्षा क्षेत्र तहस नहस भएको भन्दै आक्रोश पोखेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline