एमाले मुगुबाट बानियाँ सर्वसम्मत सिफारिस

एमाले मुगुबाट बानियाँ सर्वसम्मत सिफारिस

  • सोमवार, भदौ २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

खड्क सुनार 
मुगु, २० भदौ  ।
 नेकपा एमालेले मुगुले पूर्वमन्त्री मोहन बानियाँलाई प्रतिनिधिसभा उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको छ । जिल्ला कमिटी मुगुले बानियाँलाई सर्वसम्मत सिफारिस गरेको हो ।

आइतबार बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभामा  बानियाँलाई सर्वसम्मत सिफारिस गरेको पार्टी सचिव डबल  रोकायाले बताए । उनका अनुसार प्रतिनिधि सभाको दलित समानुपातिकमा दानसिहं परियार, आदिवासी जनजाति समानुपातिक सोनाम छिरिङ्ग लामा, पिछडिएको क्षेत्र समानुपातिक बलचन्द्र बिक, अपाङ्ग समाबेसी समानुपातिक रुपबहादुर बुढा,  खस आर्य समानुपातिकतर्फ भीमचन्द्र हमाल, महिला समानुपातिक कर्णशिला मल्ल  र आदिवासी जनजाति समानुपातिकमा थुनग्याप तामाङ्गलाई सिफारिस गरेको हो ।

यस्तै, कर्णाली प्रदेश सभा क अन्तर्गत प्रत्यक्षतर्फ तीन जना नाम सिफारिस गरेको छ । जितबहादुर मल्ल, पूर्णबहादुर रोकाया, कृष्णबहादुर सेजुवाल र खिउलि भामलाई प्रदेश सभाको लागि सिफारिस गरिएको छ । 

साथै, प्रदेशसभा ख, अन्तर्गत प्रत्यक्षतर्फ उब्बजनबहादुर शाही, राजबहादुर कार्की (राजु) कर्णबहादुर मल्ल र मथुरा कार्कीको नाम सिफारिस भएकाे नेकपा एमाले मुगुले जनाएको छ । 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ