१९ भदौ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने बताएका छन् । त्यसका लागि चुनावपछि आफू सडकमा जाने प्रचण्डले घोषणा गरेका छन् ।समाजवादको नेपाली मार्गचित्र विषयक कार्यक्रममा प्रचण्डले भने, ‘चुनावपछि यो प्रणाली बदल्न सडकमा जान्छु’ ।
सडकबाटमात्रै संविधानमा व्यवस्था गरेको समाजवाद प्राप्त गर्न र यो मेसिनरी बदल्न जनताको बीचमा जानुको विकल्प नभएको प्रचण्डले बताए । अहिलेको निर्वाचन प्रणाली कायमै राखेर भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्नु उचित नहुने उनको भनाई छ ।
अहिलेको निर्वाचन प्रणालीलाई कामयै राखेमा भ्रष्टाचारमुक्त, विचलन र विकृतिमुक्त समाजको कल्पना सम्भव नहुने बताए ।
पार्टी र नेतालाई पनि थाहा नपाइकन भ्रष्टीकरणतर्फ लैजान बाध्य पार्छ यो निर्वाचन मेसिनरीले उनले भने, यो निर्वाचन प्रणालीले दलाल, पूँजीपति, भ्रष्टहरुलाई नै अगाडि ल्याउँने बताए । आफूले परिकल्पना गरेको समाजवादका लागि अहिलेको मेसिनरी बदल्नुपर्ने भन्दै उनले शासन प्रणाली र चुनाव प्रणाली बदल्न जनतामाझ सडकमा जानै पर्नेमा जोड दिए ।