कांग्रेसबाट शशांक कोईराला र उद्योगपति बिनोद चौधरी एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने

कांग्रेसबाट शशांक कोईराला र उद्योगपति बिनोद चौधरी एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने

  • आइतवार, भदौ १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

नवलपुर, १९ भदौ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र उद्योगपति बिनोद चौधरीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बन्न एउटै निर्वाचन क्षेत्र रोजेका छन् ।

बिनोद चौधरी कांग्रेसका प्रतिनिधि सभाका समानुपातिक सदस्य हुन् । नेपाली कांग्रेसका जिल्ला सचिव होमराज रानाभाटका अनुसार दुबैजनाले पूर्वी नवलपरासी (नवलपुर) को निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्न आवेदन दिएका हुन् ।

उक्त निर्वाचन क्षेत्रबाट डा. कोइरालाले ३ पटक चुनाव जितेका हुन् । यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट उनको चुनाव लड्ने तयारी छ । उद्योगपति चौधरीले २ नं. क्षेत्रबाट पनि प्रतिनिधि सभा सदस्यमा चुनाव लड्न आवेदन दिएको पार्टी जिल्ला सचिव रानाभाटले बताए ।

जिल्लामा २ निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्नका लागि कुल १४ जनाले आवेदन दिएका छन् । जसअनुसार निर्वाचन क्षेत्र नं. १ बाट ८ जना र क्षेत्र नं. २ बाट ६ जनाले आवेदन दिएको पार्टीले जनाएको छ ।

प्रदेश सभा सदस्यतर्फ भने १ सय बढीको आवेदन परेको जिल्ला सचिव रानाभाटले बताए । प्रदेश सभा सदस्यका लागि आवेदन दिनेमा वर्तमान प्रदेश सभा सदस्यदेखि नगर सदस्यमा चुनाव हारेकासमेत रहेको जिल्ला सचिव रानाभाटले बताए । आवेदन परेका सबैको नाम छनौट गरेर भदौ २० गते उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने पार्टीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ