स्काइडाइभमा प्यारासुट नखुल्दा टिकटकर तान्याको निधन

स्काइडाइभमा प्यारासुट नखुल्दा टिकटकर तान्याको निधन

  • आइतवार, भदौ १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी, १९ भदौ । ‘मिस क्यानाडा’को सेमिफाइनलिष्ट भइसकेकी २१ वर्षीया टिकटकर तान्या परदाजीको स्काइडाइभिङका क्रममा निधन भएको छ । समाचारअनुसार उनी सोलो स्काइडाइब गरेकी थिइन । त्यहीबेला उनको प्यारासुट खुलेन र त्यहाँबाट झर्दा उनको मृत्यु भएको थियो । उनको ट्वीटर प्रोफाइलमा करिब ९५ दशमलब ४ हजार र टिकटकमा एक लाखभन्दा बढी फलोअर्स थिए ।

फिलोसोफीकी छात्रा तान्या एक विश्वविद्यालयमा अध्ययनरत थिइन् । सन् २०१७ मा ‘मिस क्यानाडा’ सौन्दर्य प्रतियोगितामा भाग लिएकी उनी सेमिफाइनलिस्ट बनेकी थिइन् । आफ्नो टिकटक एकाउण्टमा उनी साइकोलोजी, एलियन र इतिहासका बारेमा कुरा गर्थिन् ।

तान्या २७ अगष्टमा सोलो स्काइडाइभका लागि गएकी थिइन् । स्काइडाइभमा प्यारासुट सही समय नखुलेको र खुले पनि प्यारासुटमा हावा नभरिएकाले उनी सिधा जमिनमा खसेकी थिइन् । उनलाई अस्तपालमा भर्ना गरिए पनि डाक्टरले बचाउन सकेनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ