भदौ १८ सुनसरी । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कार्यकर्ता गँड्यौला जस्तो नभई दुई वटा दाँत भएको सर्प जस्तो बनेर चुनावमा बुथ कब्जा गर्न खोज्ने बिरुद्ध डस्न तयार हुन निर्देशन दिएका छन् ।
आज सुनसरीको दुहविमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनले एक बर्षमै देशलाई कंगाल बनाएकाले अबको निर्वाचनमा एमालेले जित्नै पर्ने दावी गरे ।
उनले सुनसरी ३ मा भगवती चौधरीले चुनाव जिते पनि बाकस साटेर, शक्तिको दुरुपयोग गरेर अर्कैलाई जीतको घोषणा गराईएको आरोप लगाए । सो क्षेत्रमा ४८ सालदेखि निरन्तर बिजय गच्छेदारले चुनाव जित्दै आएका छन् ।
ओलीले यस अघि पनि कार्यकर्तालाई अरिंगाल जस्तो बनेर जाईलाग्न निर्देशन दिएपछि आलोचना भएको थियो ।
उनले मंसीर ४ को चुनावपछि एमालेले बहुमतको सरकार बनाउने पनि दावी गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline