भदौ १८ काठमाण्डौँ । चुनाव नजिँिदै गएका बेला मोरङ एमालेका नेताहरु माओवादी केन्द्र प्रवेश गरेका छन् । यसले मोरङ एमालेलाई केही धक्का लाग्ने देखिएको छ । बुढीगंगा गाँउपालिका अध्यक्षका उम्मेद्धार बलभद्र थारु सहित नेता कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् ।
आज माओवादी अध्यक्ष प्रचण्डले खुमलटारमा थारु सहित नेता कार्यकर्तालाई खादा माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।
बूढीगंगा गाउँपालिका अध्यक्षमा एमालेका तर्फबाट उम्मेदवार भएका थारू कांग्रेसका जितनारायण थापा मगरसँग पराजित भएका थिए। मगरले ८ हजार २९९ मत ल्याई विजयी हुँदा एमाले उम्मेदवार बलभद्र सरदार थारूले ७ हजार ८८० मत ल्याएका थिए ।
उनीहरुले पार्टी परित्याग गर्दा एमालेका संभावित उम्मेद्धार लालवावु पण्डितलाई चुनावमा क्षति हुने देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline