चीन बिरुद्ध लड्न ताईवानलाई एक अर्ब डलरको अत्याधुनिक हतियार बेच्दै अमेरीका

चीन बिरुद्ध लड्न ताईवानलाई एक अर्ब डलरको अत्याधुनिक हतियार बेच्दै अमेरीका

  • शनिबार, भदौ १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

एजेन्सी भदौ १८ । बेइजिङसँग बढ्दो तनावबीच ताईवान टापुको प्रतिरक्षालाई बढावा दिन संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई १.१ अर्ब डलरको नयाँ हतियार प्याकेज घोषणा गरेको छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको एक महिनापछि अमेरिकाले उक्त टापुलाई हतियार प्याकेज घोषणा गरेको हो ।

उक्त सहयोग ताइवानको सुरक्षाका लागि अपरिहार्य भएको अमेरिकी विदश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । “हामी बेइजिङलाई ताइवानविरुद्धको सैन्य, कूटनीतिक र आर्थिक दबाब बन्द गर्न र ताइवानसँग अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं,“ प्रवक्ताले भने ।

पटक पटक चीनको चेतावनीका बाबजुद अमेरीकी अधिकारीहरुको भ्रमण लगत्तै अमेरीकाले ठूलो परिणाममा ताईवानलाई हतियार दिएर चीन बिरुद्ध उकासेको छ ।

चीनले अमेरीकाको उक्त कदमको कडा भत्र्सना गरेको छ ।

चीनले ताईवान सीमा नजिक बिशाल सैन्य तैनाथी जारी राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ