आज राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित गर्ने तयारी , विना संसोधन जाने विधेयक राष्ट्रपतिले के गर्लिन् ?

आज राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित गर्ने तयारी , विना संसोधन जाने विधेयक राष्ट्रपतिले के गर्लिन् ?

  • शुक्रबार, भदौ १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ ।

राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो ।

तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरुको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो ।

बैठक भदौ १७ गते शुक्रबार अपराह्न ३ बजे बस्नेगरी बिहीबारका लागि स्थगित भएको थियो । उक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाएका थिए ।

आज नागरिकता विधेयक हुबहु पारित हुने संभावना रहेकाले अब राष्ट्रपतिले के गर्ने हुन् त्यो चासोको विषय छ ।
यस अघि संसदले पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले पुर्नविचार गर्नका लागि फिर्ता पठाएकी थिईन् ।

यस पटक पनि राष्ट्रिय सहमति चाहिने भन्ने आशयका साथ राष्ट्रपतिले दलहरुसँग छलफल समेत गरिसकेकी छन् । साथै सेनाका वर्तमान र पूर्व अधिकारीहरुसँग समेत छलफल गरेकी थिईन् भने कानुन व्यवशायीसँग समेत परामर्श गरेकी थिईन् ।

यस अघि विधेयक फेरी जस्ताको तस्तै प्रमाणिकरणका लागि आए राष्ट्रपतिले राजीनामा दिने समेत चर्चा थियो । तर त्यो कुराको खण्डन राष्ट्रपतिको सचिवालयले गरीसकेको छ ।

अब कानुनतः राष्ट्रपतिले विधेयक फिर्ता पठाउने विकल्प छैन । त्यसलाई प्रमाणिकरण नगर्ने र राजीनामा पनि नदिने विकल्प बारे पनि राष्ट्रपतिले सल्लाह लिएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ